बेल्जियमका एक किसानले जब देशको सीमा बढाए

0


बेल्जियम र फ्रान्सको सीमामा बसोबास गर्ने एक जना बेल्जियन किसानले आफ्नो देशलाई ठुलो र फ्रान्सलाई सानो बनाइ दिएका छन ।

बेल्जियमको एरक्वेलिन गाउका किसानले करिब २०० बर्ष पूरानो सीमा स्तम्भलाई दुई मिटर तीस सेन्टिमिटर फ्रान्सको भुमी तर्फ सारी दिएका छन । उनले आफ्नो ट्याक्टरलाई खेत तर्फ लिदै गर्दा त्यो स्तम्भले बाधा गरेको झोकमा स्तम्भलाई फ्रान्स तर्फ सारी दिएका थिए । तर सरकारी निकायले किसानलाई सीमा स्तम्भ पहिलेकै स्थानमा राख्न आदेश दिने र नमानेमा दन्ड जरिवाना गर्ने बताएका छन ।

केही दिन अघि एक जना ईतिहासबिदले सीमाको यात्राा गर्ने क्रममा स्तम्भ सारीएको पत्ता लगाएका हुन । नेपोलियन बोनापार्ट ले वाटरलू युद्ध हारे पछि फ्रान्स र बेल्जियम बिच १८२० मा भएको कोर्त्रेइक सन्धिले दुई देशको करिब ६२० किलोमिटर लामो सीमा निर्धारणा गरेको थियो ।

अन्जानमा भएको सीमा परिवर्तनलाई रमाइलो मान्दै बेल्जिययन शहर एर्क्वेलिनका मेयर देभिड लावाले आफ्नो देश ठुलो भएकोमा खुशी ब्यक्त गरेका छन भने फ्रान्सको बोसेनी सु रो शहरका मेयर औेरेइ वेलोनेकले नयाँ सीमा बिबाद (बोर्डर वार) समाधान गर्न सफल हुने बताएका छन ।

फ्रान्स र बेल्जियममा यसलाई रमाइलो बिषय बनाएर सामाजिक सन्जाल र संचार माध्यमहरुले उल्लेख गरेका छन । यदि यो बिषय स्थानीय स्तरमा समाधान नभए बेल्जियमको बिदेश मन्त्रालयले हस्तक्षेप गर्ने र समाधानका लागि सन १९३० बाट निस्क्रिय रहेको फ्रेन्च- बेल्जियन सीमा आयोगको जिम्मा दिने अधिकारीहरुले बताएका छन ।

Leave A Reply

Your email address will not be published.