माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

0

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्मथन फिर्ताको पत्र संसद सचिवालयमा बुधबार कार्यालय खुलेपछि बुझाउने भएको छ । माओवादी केन्द्रले संसदको वजेट अधिवेशन बोलाउनुपर्ने बेलामा विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने प्रधानमन्त्रीको कदमको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको निष्कर्ष निकालेको छ ।

सरकारलाई दिएको सर्मथन फिर्ता गर्ने निर्णको अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएपनि नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुंगोमा नपुगेपछि पार्टीले समर्थन फिर्ता लिन सकेको थिएन ।

तर, प्रधानमन्त्री ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि पार्टीले बैठक बसेर समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो ।

यस्तै बैठकले लुम्बिनी प्रदेशको सरकारलाई ‘कथित’ र ‘अवैधानिक’ घोषणा गर्दै विरोधमा रहेका राजनीतिक दलहरुको साथमा रहने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.