कोरोना संक्रमणबाट एकैदिन ५५ जनाको मृत्यु, ७ हजार ६६० संक्रमित थपिए

0

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणका कारण एकै दिन ५५ जनाको मृत्यु भएको छ । 

देशका विभिन्न स्थानमा ५५ जनाको मृत्यु भएको र हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार चार सय १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा थप सात हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १६ हजार १ सय ३१ पीसीआर परीक्षणका क्रममा सात हजार पाँच सय ८७ र ५७१ एन्टीजेन परीक्षणका क्रममा ७३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म तीन लाख ५१ हजार ५ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै थप १७ सय ७५ जना निको हुँदा हालस्म्म दुई लाख ८७ हजार ७९० जना निको भएका छन् । हाल नेपालमा ५९ हजार ७९८ सक्रिय संक्रमति आइशालेशनमा र २५३ जना क्वारेन्टिनमा छन् ।

हालसम्म नेपालमा २५ लाख ३७ हजार २९५ वटा पीसीआर परीक्षण गरिएको छ । 

Leave A Reply

Your email address will not be published.