बैतडीमा शव बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु

0

बैतडी : बैतडीको पंचेश्वरमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पंचेश्वर–६ का जीतसिंह भण्डारी, डम्बर भण्डारी, दिपक भण्डारी, हिक्मत भण्डारी र जीप चालक तेजबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

पंचेश्वर–६ का वडा सदस्य गोबिन्द सिंह भण्डारीको सोमबार राति चट्याङ लागेर मृत्यु भएपछि उनको शव बोकेर सदरमुकाम आउदै गरेको से १ ज १८३ नं को जिप दुर्घटनामा परेको हो ।

देहिमाण्डौ–गिरेगडा सडकको पंचेश्वर–६ स्थीत गडमेश्वर मन्दिर नजिक दुर्घटना भएको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.