काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

0

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्बिने भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकाय प्रमुखहरुसँगको छलफलले थप एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न मोडालिटी परिर्वन गर्दै निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि  जारी भएको पहिलो चरणको निषेधाज्ञा बैशाख २२ गते राति १२ बजे सकिँदै छ ।

यस्तै यस समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए । उनले वैशाख २३ गतेदेखि पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने र बेलुका पूर्ण रुपमा बन्द गरिने बताए ।

त्यस्तै नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाई गरिने पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ ।

सरकारी कार्यालय, मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिने उनले बताए ।

त्यस्तै निषेधाज्ञालाई पूर्णरुपमा कार्यान्वयन गराउन अनुगमनको कामलाई तीव्रता दिने निर्णय बैठकले गरेको छ । 

Leave A Reply

Your email address will not be published.