सांसदहरुको पीसीआर परीक्षण २२ र २३ गते गरिने

0

काठमाडौं : संसद सचिवालयले २७ गते बस्न लागेको संसदको विशेष अधिवेशनका लागि कोभिड–१९ परीक्षण गराउने भएको छ ।

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका सभामुख, सांसद र सचिवालयका कर्मचारीको वैशाख २२ र २३ गते कोरोना परीक्षण गरिने संसद सचिवालयले जनाएको छ ।

पीसीआर परीक्षणका लागि उक्त दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नयाँ बानवेश्वरस्थित् संसद भवनमा अनिर्वाय उपस्थित हुन सवैलाई संसद सचिवालयले अनुरोध गरेको छ ।

बुधबार सभामुख, अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सम्पूर्ण सांसद, सचिवालयका महासचिव, सचिव, कार्यव्यवस्था शाखा, सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरू, संसद सचिवालयका सम्पूर्ण कर्मचारी र सभामुख, अध्यक्ष तथा उपाध्यक्षको निजी सचिवालयमा कार्यरत कर्मचारीहरूको परीक्षण गरिनेछ ।

यस्तै, बिहीबार संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यरत कर्मचारी, मर्यादापालक, संसदीय मामिलाका पत्रकारहरू, स्वकीय सचिव लगायतक कर्मचारी, ट्राफिक, बम डिस्पोजल र कुकुरबाट जाँच गर्ने सबै सुरक्षाकर्मीको परीक्षण गरिने छ ।

Leave A Reply

Your email address will not be published.