कोरोना संक्रमित नेता भण्डारी अस्पताल भर्ना

0

काठमाडौं : कोरोना भाइरसबाट संक्रमित नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना भएका छन् ।

केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो ।

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्केका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो ।

भण्डारीसँगै उनकी श्रीमती र छोरालाई पनि कोरोना संक्रमण देखिएको थियो । पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेशनमै छन् ।

Leave A Reply

Your email address will not be published.