भारत विधानसभा चुनाव : ममता बेनर्जी पराजित, पार्टीको भने जित

0

एजेन्सी : भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी बीजेपी महत्वपूर्ण राज्यको निर्वाचनमा पराजित भएको छ ।

पश्चिम बंगालसहित पांचवटा राज्यमा सम्पन्न विधानसभा निर्वाचनमा बढी चासोका साथ हेरिएको पश्चिम बंगालमा मुख्यमन्त्री ममता बेनर्जीको पार्टी त्रिणमूल काँग्रेसले फेरि ऐतिहासिक जित हात पारेको छ ।

पश्चिम बंगालमा मुख्यमन्त्री बेनर्जी आफु पराजित भएपनि उनको दल टीएमसीले २ सय १४ सीट जितेको छ भने बीजेपी ७६ सीटमा खुम्चिएको छ ।

सन् २०१६ को निर्वाचनमा भने यस राज्यमा बीजेपीले तीन सीटमात्र जितेको थियो । प्रधानमन्त्री मोदीले कोरोना महामारीको बेवास्ता गर्दै पश्चिम बंगालको नतिजा आफ्नो पक्षमा पार्न विभिन्न चुनावी र्यालीहरुलाई सम्बोधन गरेका थिए । जसको चर्को आलोचना भएको थियो ।

मतपरिणामसँगै बेनर्जी पश्चिम बंगालको तेस्रो पटक मुख्यमन्त्री बन्दै छिन् ।

तमिलनाडुमा मुख्य क्षेत्रिय विपक्षी पार्टी डिएमके सत्तामा आएको छ । केरलामा बाम गठबन्धनले बहुमत हासिल गरेको छ ।

बीजेपी गठबन्धनले भने यहां कुनै सीट जितेन बीजेपीले असाममा भने जित हासिल गरेको छ । असममा बीजेपी नेतृत्वको गठबन्धनले बहुमत ल्याएको छ भने पोडचरीमा पनि यही गठबन्धनको अग्रता छ ।

यो चुनावलाई सन् २०१९ पछि लगातार दोस्रो पटक केन्द्रको सत्ता सम्हालेको बीजेपीको मध्यावधी समीक्षाका रुपमा समेत हेरिएको थियो । निर्वाचनमा विपक्षी कांग्रेस पार्टीले भने नराम्रो हार व्यहोरेको छ ।

Leave A Reply

Your email address will not be published.