आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

0

काठमाडौं : आइतबार विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभरि सूचना, सार्वजनिक हितका लागि भन्ने नाराका साथ ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइँदैछ ।

विश्वभर सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झनासहित र सम्मान गर्दै यो दिवस मनाइन्छ ।

तर यस वर्षपनि कोरोना संक्रमणका कारण औपाचरिक कार्यक्रम हुने छैन । दिवसका अवसरमा पत्रकारिता, प्रेस स्वतन्त्रताका सवालमा कुनै न कुनै किसिमको छलफल आयोजना हुने गरेता पनि यो वर्ष कोभिड–१९ कहरकै बीचमा प्रेस स्वतन्त्रता दिवस परेको छ ।

सन् १९९३ मा नामिबियाको विण्डहकमा भएको सम्मेलनले जारी गरेको घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो । त्यही घोषणापत्र जारी भएको दिन अर्थात् मे ३ लाई युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन थालिएको हो ।

Leave A Reply

Your email address will not be published.