नेपालमा थप ७ हजार २११ जनामा कोरोना संक्रमण, थप २७ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा आइतबार थप सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १६ हजार १४७ पीसीआर परीक्षणका क्रममा ७ हजार १ सय ३७ र ६२३ एन्टीजेन परीक्षणका क्रममा ७४ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ३६ हजार ३० पुगेको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा तीन हजार तीन सय २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १६ सय १२ जना कोरोना संक्रमणमुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ८३ हजार ९९४ जनाले कोरोना जितेका छन् ।

हाल नेपालमा ४८ हजार ७११ संक्रिय संक्रमित आइशोलेशनमा र ६७ जना आइशोलेशनमा छन् । हालसम्म नेपालमा २५ लाख ४ हजार ४७६ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.