शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

0

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएका छन् । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ साहले शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्ति गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् ।

नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेलले प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेपछि नियुक्ति गरिएको थियो ।

मुख्यमन्त्री पोखरेलले आइतबार बिहान मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

यसअघि लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाइसकेकाले पुनः मुख्यमन्त्री नियुक्त नगर्न र सपथ नगराउन प्रदेश प्रमुखसंग माग गरेका थिए ।

प्रतिपक्षी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ रोक्न लिखित निवेदन दिएका थिए ।

Leave A Reply

Your email address will not be published.