पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण

0

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालसँगै उनकी पत्नीलाई पनि संक्रमण भएको छ ।

आइतबार गरिएको परीक्षणमा संक्रमण देखिएको मन्त्री ढकालले फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘हामी श्रीमान श्रीमतिलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ । धन्यवाद ।’

Leave A Reply

Your email address will not be published.