प्रधानमन्त्री ओलीद्वारा नागरिक एपको शुभारम्भ

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुसुविधा सम्पन्न मोबाइल प्रणाली नागरिक एपको आइतबारबाट औपचारिक शुभारम्भ गरेका छन् ।

आइतबार प्रधानमन्त्रीले चौथो सूचना प्रविधि दिवसका अवसर भर्चुअल माध्यमबाट प्रधानमन्त्री निवास बालुवाटारबाटै यसको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवा प्रवाह देखि सामाजिक अन्तक्र्रिया समेतमा आधारभूत परिवर्तन आएको बताए ।

सम्भव भएका सबै सरकारी सेवालाई एउटै एप्सबाट दिलाउने उद्देश्यको यो एप गत माघ २ गते देखि बेटा भर्सनको रुपमा शुरु भएको थियो ।

बेटा भर्सनमै यो एप पाँच लाख २५ हजार भन्दा बढीले डाउनलोड गरेकोमा एक लाख ९१ हजारभन्दा बढी प्रयोगकर्ता दर्ता भइसकेका छन् ।

यसै अवधिमा तीन हजार जनाले नागरिक एपबाटै पुलिस क्लियरेन्स रिपोर्ट र १० हजार जना भन्दा बढीले प्यान नम्बर लिसकेका छन् ।

नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा एपमा छ ।

सूचना प्रविधि दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उदारणीय काम गरेका सुधिर पराजुली, कुसुम लामा, हुआवे नेपाल र महालेखा नियन्त्रकको कार्यालयलाई यसवर्षको सूचना प्रविधि पुरस्कार दिइएको थियो ।

Leave A Reply

Your email address will not be published.