लुम्बिनीमा पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय

0

बुटवल : नेकपा (एमाले)ले लुम्बिनी प्रदेशमा फेरि शंकर पोखरेललाई नै नयाँ सरकारको मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने भएको छ । 

आइतबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले संविधानको धारा १६८ (१) बमोजिम दाबी पेस गर्ने र मुख्यमन्त्रीमा पोखरेललाई नै प्रस्ताव गर्ने निर्णय गरेको हो । 

संविधानको सो धारामा प्रदेश प्रमुखले प्रदेशसभामा बहुमतप्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

अविश्वासको प्रस्ताव आउने भएपछि आज पोखरेलले पदबाट राजीनामा दिएका थिए ।

लुम्बिनीमा एमालेको पक्षमा ४१, कांग्रेसका १९, माओवादीका १७, जसपाका दुई र जनामोर्चा नेपालको एक सिट छ । अहिले प्रदेशसभामा कूल ८१ सदस्य छन् ।

Leave A Reply

Your email address will not be published.