अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्था भयो : स्वास्थ्य मन्त्रालय

0

काठमाडौं : सरकारले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको भन्दै संवेदनशिल बन्न आग्रह गरेको छ । 

स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शैय्या उपलब्ध गराउन नसक्ने अवस्था आएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने भइसकेको छ । त्यसैले सबै दाजुभाइ दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ ।’

त्यस्तै स्वास्थ्य मन्त्रालयले २२ जिल्लालाई कोरोना भाइरस संक्रमण डरलाग्दो गरी फैलिएको भन्दै संवेदनशील सूचीमा राखेको छ ।

मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोकलाई संवेदनशील सूचीमा राखेको छ ।

त्यस्तै, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई पनि संवेदनशील जिल्लाहरुको सूचीमा राखिएको छ

साथै मन्त्रालयले कुनै पनि मार्गबाट देश विदेश जाने आउने तथा आन्तरिक बाह्य पर्यटकका लागि कहिँकतै जाने कामहरु पूर्णरुपमा बन्द गर्न आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.