बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने

0

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ ।

काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया सम्पन्न हुने भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए । भट्टराई आजै अस्पताल भर्ना हुने र शल्यक्रिया वैशाख १७ गते हुनेपनि उनले बताए ।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा भट्टराईको स्वास्थ्य परीक्षण भएको थियो । बायोप्सी, लगायत अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए ।

शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो । चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले अहिले वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन् ।

Leave A Reply

Your email address will not be published.