कोरोना संक्रमणबाट नेपालमा थप ३५ जनाको मृत्यु, ४ हजार ९२८ संक्रमित थपिए

0

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण नेपालमा गत २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३२ सय ४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै बिहीवार थप ४९ सय २८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । देशभर गरिएको १२ हजार ५९७ पीसीआर परीक्षणका क्रममा ४८३१ र ९६३ एन्टीजेन परीक्षणका क्रममा ९७ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख १७ हजार ५३० पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप ८८८ संक्रमित कोरोना मुक्त भएका छन्, नेपालमा हालसम्म दुई लाख ८० हजार १६७ जना कोरोनामुक्त भएका छन् ।

हाल ३४ हनार ११७ सक्रिय संक्रमित आइशोलेशन र ५९ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । 

Leave A Reply

Your email address will not be published.