नेपालमा थपिए ४ हजार ८९७ कोरोना संक्रमित, थप १७ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा बुधबार थप चार हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १३ हजार ८७९ पीसीआर परीक्षणका क्रममा ४ हजार सात सय ७४ जना र ९५५ एन्टीजेन परीक्षणका क्रममा १२३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख १२ हजार ६९९ पुगेको छ । त्यस्तै थप १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने नेपालमा हालसम्म तीन हजार दुई सय ११ जनाले कोरोनाका कारण ज्यान गएको छ ।

त्यस्तै थप ७७३ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ भने हालसम्म नेपालमा दुई लाख ७९ हजार २७९ जनाले कोरोना जितेका छन् ।

हाल मुलुकमा ३० हजार २०९ जना संक्रिय संक्रमित आइशोलेशनमा र ५४ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २४ लाख ४५ हजार ९६८ वटा पीसीआर परीक्षण गरिएको छ । 

Leave A Reply

Your email address will not be published.