अब विदेश जानेको पीसीआर रिपोर्टमा फोटो अनिवार्य

0

काठमाडौं : अब विदेश जाने व्यक्तिले पीसीआर रिपोर्टमा फोटो अनिवार्य राख्नुपर्ने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्य नजर गर्दै स्वास्थ्य मन्त्रालयले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो अनिवार्य राख्नुपर्ने जनाएको हो ।

विदेश जानेको पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामात्र गरिने र ती रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साथै आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र मान्य हुने व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयले बताएको छ ।

Leave A Reply

Your email address will not be published.