सरकारले लियो जसपाका १२० जनाको मुद्दा फिर्ता

0

काठमाडौं : सरकारले जनता समाजवादी पार्टीका एक सय २० नेता कार्यकर्ताका १५ मुद्दा फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले मुद्दा फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए । 

प्रवक्ता गुरुङले भने, ‘नेपाल सरकार वादी भइ मुद्दा चलेका व्यक्तिका फौजदारी मुद्दा फिर्ता लिने सन्दर्भमा फौजदारी निर्देशिका बमोजिम १२० जनाका १५ मुद्दामा फिर्ता लिएको छ । नाम वेबसाइटमा राखिन्छ ।’

नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको उनले बताए । 

उनले त्यस्तै मुद्दामा भए निरन्तर फिर्ता लिँदै जाने समेत जनाएका छन् ।

जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो । 

Leave A Reply

Your email address will not be published.