नेपालमा थपिए ४ हजार ५२४ कोरोना संक्रमित, १८ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा मंगलबार थप चार हजार ५ सय २४ जनामा कोरोना पुष्टि भएको छ । 

देशभर गरिएको १४ हजार ६७२ पीसीआर परीक्षणका क्रममा चार हजार तीन सय ६४ जना र एक हजार ९ वटा एन्टीजेन परीक्षणका क्रममा १६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ७ हजार ९ सय २५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ भने नेपाल हालसम्म ३१ सय ९४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै ५५५ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ७८ हजार ५०६ जना संक्रमित निको भएका छन् ।

हाल नेपालमा २६ हजार २२५ संक्रिय संक्रमित आइशोलेशनमा छन् ने ५८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २४ लाख ३२ हजार ८९ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.