मन्त्रिपरिषद् बस्दै, उपत्यकाका तीनै सिडिओको पनि बैठक आजै, निषेधाज्ञाबारे निर्णय हुन सक्ने

0

काठमाडौँ : आज मन्त्रिपरिषद्‌को बैठक बस्दैछ । आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्‌को नियमित बैठक बस्‍न लागेको हो ।

देशभर फैलिएको कोभिड-१९ रोकथाम र नियन्त्रणबारे बैठक केन्द्रित हुने बताइएको छ । आइतबार कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गाउँ र सहरमा संक्रमित संख्या तोकेर निषेधाज्ञा गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो ।

सीसीएमसीले गाउँ क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० जना भन्दा बढीमा कोभिड १९ संक्रमित भेटिए निषेधाज्ञा गर्न सरकारलाई सिफारिस गरेको थियो । उक्त सिफारिसबारे महत्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ ।

यसैबीच आजै काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको संयुक्त बैठक बस्दैछ ।  काठमाडौं, भक्तपुर र ललितपुरमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या बढेसँगै आगामी कदमबारे निर्णय गर्न संयुक्त बैठक बस्न लागेको हो । काठमाडौंको सिडिओ कार्यालयमा बस्ने बैठकले बढ्दो संक्रमण रोकथामका लागि चाल्न सकिने आगामी कदमबारे निर्णय गर्नेछ। 

Leave A Reply

Your email address will not be published.