भारतमा भयावह : सहयोग गर्न अमेरिका इच्छुक, फ्रान्स र पाकिस्तानले पनि देखाए इच्छा

0

एजेन्सी : अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन कोभिशिल्ड उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायतका स्वास्थ्य सामग्री भारतलाई सहयोग गर्ने बताएको छ ।

आइतबार दुई देशका राष्ट्रिय सल्लाहकारहरुबीच सहयोग सम्बन्धमा टेलिफोन कुराकानी भएलगत्तै अमेरिकाले भारतलाई सहयोग गर्ने वचन दिएको हो ।

अमेरिकाले भारतलाई खोपको कच्चा पदार्थ, अक्सिजन निर्माण, भेन्टिलेटर, पीपीई किट, र्‍यापिड टेस्ट किट लगायतका सामग्री सहयोग गर्ने वचन दिएको बीबीसीले जनाएको छ । यसका साथै अमेरिकाले विशेषज्ञ टोली गठन गर्नेछ, जसले आवश्यक मद्दत पनि गर्ने छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले संकटका बेला भारतले अमेरिकालाई सहयोग गरेकाले अब आफूहरुले पालो आएको बताएका छन् । ट्वीट गर्दै उनले भनेका छन्, ‘महामारीको सुरुवातमा जब हाम्रो अस्पतालमा भारी दबाव थियो, त्यो समय भारतले अमेरिकाको लागि सबै किसिमको सहयोग गरेको थियो। त्यसैगरी भारतको आवश्कताको समय पनि सहयोग गर्न हामी प्रतिवद्ध छौं ।’

यसैबीच फ्रान्सले भारतमा अक्सिजन आपूर्ति गर्ने बताएको छ । साथै युरोपेली युनियनले पनि अक्सिजन तथा औषधि पठाउने बताएको छ ।

भारतसँग तनावपूर्ण सम्बन्ध रहेको पाकिस्तानले पनि सहयोग गर्न सक्ने बताएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको अवस्था चाँडै सुध्रियोस् भनेर प्रार्थना गरेको जनाएका छन् ।

भारतमा स्वास्थ्य अधिकारीहरूका अनुसार त्यहाँ यूके भेरिअन्ट एवं भारतमै अक्टोबरमा भेटिएको अर्को भेरिअन्टका कारण अहिले तेज सङ्क्रमण फैलिरहेको छ ।

Leave A Reply

Your email address will not be published.