इराकको कोभिड अस्पतालमा सिलिण्डर पड्केर आगलागी, २३ बिरामीको मृत्यु

0

एजेन्सी : इराकको बागदादस्थित एक कोभिड अस्पतालमा सिलिण्डर पड्केर आगलागी भएको छ ।

कोरोना भाइरस इन्टेन्सिभ केयरमा भएको उक्त घटनामा परी २३ बिरामीको मृत्यु भएको छ भने कम्तीमा १२ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अक्सिजन सिलिण्डर उपयुक्त ढंगले स्टोर नगरेका कारण पड्केको र उक्त घटना भएको बताइएको छ । इब्न अल खतिब अस्पतलामा भएको उक्त घटनापछि बिरामी र बिरामीका आफन्तहरुको भागभाग चलेको थियो ।

घटनास्थलबाट ९० जनालाई उद्धार गरिएको छ । अस्पतालमा १२० जना बिरामी रहेको उल्लेख गरिएको छ । 

इराकी प्रधानमन्त्री मुस्ताफँ अल कधिमीले घटनामा परी मृत्यु भएकालाई श्रद्धाञ्जली दिँदी घटनाको तत्काल छानविन गर्न निर्देशन दिएका छन् ।

Leave A Reply

Your email address will not be published.