सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् : राष्ट्रपति भण्डारी

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने कामना गरेकी छन् । गोरखा भूकम्पको छैटौं स्मृति दिवसका अवसरमा सन्देश जारी गर्दैउनले सो कामना गरेकी हुन् ।

सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले २०७२ को भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण गर्दा मौलिक वास्तुशिल्प प्रतिविम्बित गर्दै बलियो संरचना निर्माण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण समेत गराएकी छन् ।

भौगोलिक अवस्थिति र बनावटका कारण नेपाल भूकम्प, बाढी पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको भन्दै उनले पर्यावरणमैत्री एवम् विपदको सामना गर्न सक्ने भौतिक संरचना निर्माणमा जोड दिएकी हुन् ।

Leave A Reply

Your email address will not be published.