कोरोनाबाट संविधानसभा सदस्य सिद्धिकीको निधन

0

कोरोना भाइरसको संक्रमणबाट बाँकेको नेपालगन्जमा तत्कालिन संविधानसभा सदस्य ६५ वर्षीया मोहम्मद सिद्धिकीको निधन भएको छ ।

पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य रहेकी सिद्धिकीको शनिबार साँझ नेपालगञ्जस्थित भेरी अस्पतालमा निधन भएको हो ।

कोरोना संक्रमणपछि उनी १५ दिनदेखि भेरी अस्पतालमा भर्ना भएकी थिइन् । पछिल्लो समयमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

उपचारकै क्रममा शनिबार बेलुका ७ः३० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनीसँगै बाँकेमा कोरोनाबाट मर्नेको संख्या ७९ पुगेको छ ।

सिद्धिकी नेपालगन्ज उपमहानगरपालिका ३ की बासिन्दा हुन् । उनीमा चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave A Reply

Your email address will not be published.