मुम्बईमा एक कोरोना अस्पतालमा आगलागी, १२ जनाको मृत्यु

0

एजेन्सी : भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो ।

आगलागीबाट अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको विरार नगर निगमको कोरोना कन्ट्रोल रुमलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो । अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । आगलागीको कारण खुलेको छैन ।

यसअघि महाराष्ट्रको नासिकमा अक्सिजन चुहावट हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.