निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

0

काठमाडौं : राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ ।

मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको छ ।

संविधानको धारा २७१ अनुसार उपनिर्वाचनमा लागि राजनीतिक दल दर्ता गर्न आयोगको आग्रह छ । दलको विधान, नियमावली तथा घोषणापत्रसहित कागजातहरू दल दर्ताका लागि आवश्यक पर्छ ।

निर्वाचन आयोगले एक सूचना जारी गर्दै वैशाख १४ गतेभित्र दल दर्ता गर्न आग्रह गरेको छ । बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

थापाले दल त्याग गरेको भन्दै माओवादी केन्द्रले पद रिक्त गरिदिन सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद रिक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.