सुर्खेतमा आज तेस्रो दिन पनि कफ्र्यु

0

सुर्खेत, २७ साउन । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज तेस्रो दिन पनि कफ्र्यु जारी गरेको छ । आन्दोलन उग्र हुनसक्ने भन्दै स्थानीय प्रशासनले बिहान ११ बजेदेखि साँझ ६ बजेसमका लागि कफ्र्युआदेश जारी गरेको हो । सीमाङ्कनमा अखण्ड मध्यपश्चिमको माग गर्दै सदरमुकाम वीरेन्द्रनगरमा तीन दिनदेखि आन्दोलन जारी छ । प्रमुख जिल्ला अधिकारी वलदेव गौतमले आन्दोलन नियन्त्रणभन्दा बाहिर नजाओस् भन्दै कफ्र्यु आदेश जारी गरेको बताउनुभयो । स्थानीय प्रशासनले कफ्र्यु जारी गरेपनि आन्दोलनकारी आज बिहानैदेखि आन्दोलनमा उत्रेका छन् । यद्यपि अरु दिनभन्दा आज आन्दोलन शान्तिपूर्ण रहेको छ । आन्दोलनकारीले बिहानैदेखि प्रदर्शन जारी राखेका छन् । आन्दोलनका कारण यहाँ बजार, शिक्षणसंस्था, सरकारी कार्यालय र यातायात ठप्प छ । आन्दोलनका क्रममा प्रहरीको गोली लागी वीरेन्द्रनगरमा गत सोमबार तीन जनाले ज्यान गुमाएका थिए ।

Leave A Reply

Your email address will not be published.