गुल्मीमा पहिरोले पुरिएर एकैघरका तीनजनाको मृत्यु

0

गुल्मी, २६ साउन । गएराति करिब ३ बजेतिर गुल्मी दिवु्रङ गाविस वडा नं ३ गल्छेकमा घरमाथिबाट खसेको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । गुल्मी दिवु्रङ गाविस वडा नं ३ गल्छेकका खड्कबहादुर सार्कीको घरमाथिबाट आएको पहिरोले घर पुरिएर ३५ वर्षीया श्रीमती आशा सार्की, नौ वर्षीय छोरा गगन सार्की र तीन वर्षीया छोरी इन्दु सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सुष्मा सार्की र रिनु सार्की भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।

Leave A Reply

Your email address will not be published.