मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई कोरोना संक्रमण

0

काठमाडौं : कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले फेसबुकमार्फत आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

श्रेष्ठसहित उनको छोरा, छोरी, बहुारी र नातिनीलाई पनि  कोरोना संक्रमण देखिएको छ । आज जन्मदिन मनाइरहँदा उनको परिवारमा नै संक्रमण पुष्टि भएको हो ।

उनले कोरोना संक्रमण देखिएपछि सास्ती हुने र यसलाई खेलाँची नगर्न पनि सबैलाई आग्रह गरेका छन् । ‘भइसकेपछि सास्ती चाहिं हुने रहेछ, त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,’ उनले फेसबुकमा लेखेका छन् ।

Leave A Reply

Your email address will not be published.