विवाहमा २५ जनामात्र सहभागी हुन पाइने, होटल तथा रेष्टुरेन्ट राति ८ बजेसम्म मात्र खोल्न पाइने

0

काठमाडौं : सरकारले कोरोना संक्रमण गम्भीर बन्दै गएका मुख्य शहरमा सबै विद्यालय तथा कलेजसहित शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । 

सोमबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले मुख्य शहरका सबै शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्ने सहितको आदेश जारी गरेको जानकारी दिए ।

उपत्यकाका सबै नगरपालिकाहरु, मेचीनगर, विराटनगर वीरगञ्ज, भरतपुर, पोखरा, जनकपुर, नेपालगञ्ज, धनगढी, सिद्धार्थनगर, इटहरी, बनेपा, धरान, दमक, राजविराज, धुलिखेल, वीरेन्द्रनगर, भीमदत्त नगरका सबै शैक्षिक संस्था बन्द गर्न सरकारले आदेश दिएको छ

। परीक्षा भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पनि सरकारले आदेश दिएको छ । अन्य सहर तथा स्थानमा भने आवश्यकताअनुसार स्थानीय निकायले निर्णय गर्ने पनि सरकारले उल्लेख गरेको छ ।

त्यस्तै होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने व्यवस्था गरिएको प्रवक्ता गुरुङले जानकारी दिए । त्यसपछि भने होम डेलिभरी मात्र गर्न पाइने उनले बताए ।

त्यस्तै विवाह, मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जनाभन्दा बढी सहभागी हुन नपाइने उनले बताए । ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद्ले सिनेमा हल, पार्टी प्यालेश, जिमखाना, फुटसल, सभा, आमसभा, जुलुस,दर्शकसहितको खेलकुद पनि बैशाख मसान्तसम्म रोक लगााउने निर्णय गरको छ । सरकारले जारी गरेको आदेश अटेर गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

Leave A Reply

Your email address will not be published.