लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन : नवनियुक्त मन्त्रीले लिए शपथ

0

बुटवल : लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका छन् । लुम्बिनी प्रदेशको प्रदेशसभा सचिवालयमा आफुविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै मुख्यमन्त्री पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका हुन्। 

पोखरेलले थप गरेका ३ जना मन्त्री जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई मन्त्रीको रूपमा शपथ ग्रहण गराएका हुन् । सन्तोष पाण्डे भौतिक पूर्वाधार, विजयकुमार यादव भूमि व्यवस्था तथा कृषि र कल्पना पाण्डेले शिक्षा तथा सामाजिक विकास मन्त्रीको शपथ लिए । 

सुमन शर्मा रायमाझीले भैतिक पूर्वाधार विकास राज्यमन्त्रीको शपथ लिए । राज्यमन्त्रीलाई मुख्यमन्त्रीले शपथ ग्रहण गराए । 

सोमबार माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै मन्त्री पदबाट राजीनामा दिएका थिए । सोमबार दिउँसो कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदको हस्ताक्षरसहित प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

Leave A Reply

Your email address will not be published.