नेपालमा थप १२ सय बढीमा कोरोना संक्रमण

0

काठमाडौं : नेपालमा सोमबार थप १२ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । 

देशभर गरिएको सात हजार १ पीसीआर परीक्षणका क्रममा १२ सय २७ र ५४७ वटा एन्टीजेन परीक्षणका क्रममा थप ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८५ हजार ९ सय पुगेको छ । त्यस्तै थप ८ जनाको कोरोना कारण मृत्यु हुँदा हालसम्म तीन हजार ९१ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

नेपालमा थप २५५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७५ हजार ५५५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा सात हजार २५४ जना आइशालेशन र ८१ जना क्वारेन्टिनमा छन् भने हालसम्म २३ लाख ५२ हजार ५०२ वटा पीसीआर परीक्षण गरिएको छ । 

Leave A Reply

Your email address will not be published.