ओली भारतको टाङमुनि छिरे : देउवा

0

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ ओं स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै ओलीलाई हटाउन खोजेको तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोले त्यो सम्भव हुन नसकेको बताएका हुन् ।

‘माओवादीले समर्थन फिर्ता लिएको छैन, समर्थन फिर्ता नलिएसम्म बहुमतको सरकार छ, बहुमतको सरकार हुँदासम्म के गर्ने’ उनले प्रश्न गर्दै भने, ‘प्रचण्डले फिर्ता लिए पनि मधेसी पार्टीले उसलाई समर्थन गर्न खोजिरहेका छन् ।’

पहिला भारतको विरोध गर्दै हिँड्ने प्रधानमन्त्री ओली अहिले भारतकै टाङमुनि छिरेको पनि उनले बताए । देउवाले भने, ‘हिजो सबभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाको त्वम् शरणम् भएका छन्, भारतविरोधी नाराबाट झुल्केका ओली, अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ राष्ट्रवाद ?’

सभापति देउवाले कोरोना संक्रमण बढ्दै गएको भन्दै नेविसंघको यो कार्यक्रम नगर्न आग्रह गरेको बताउनुभयो ।

सभापति देउवाले नेविसंघमा रहेको गुटबन्दीप्रति पनि आपत्ति जनाए । एउटै क्याम्पसमा तीन चारवटा समूह रहेको भन्दै देउवाले यस्तो अवस्थामा नेविसंघलाई अघि बढ्न गाह्रो हुने बताए । 

Leave A Reply

Your email address will not be published.