राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी छन् ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार सोमबार अपराह्न १ बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन् । 

“नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु,”  विज्ञप्तिमा भनिएको छ ।  

प्रतिनिधिसभा पुनःस्थापना भएपछि गत फागुन २३ गतेदेखि प्रतिनिधिसभाको अधिवेशन चालू रहेको थियो । 

Leave A Reply

Your email address will not be published.