लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

0

बुटवल : लुम्बिनी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

लुम्बिनी प्रदेश सरकारविरुद्ध प्रतिपक्षी दलहरुले सोमबार अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै सरकारमा सामेल नेकपा माओवादी पक्षका दुई जना मन्त्रीहरुले राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा आन्तरिक मामला तथा कानून मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बराल रहेका छन् ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर नेकपा माओवादी र जनता समाजवादी पार्टीले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

नयाँ सरकार गठन गर्न गठबन्धनले माओवादी नेता केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । यो प्रदेशमा कुल ८७ सदस्यीय प्रदेश सभा रहेको छ ।

Leave A Reply

Your email address will not be published.