शहरी क्षेत्रमा विद्यालय बन्‍द गर्ने सरकारको निर्णय

0

काठमाडौं : कोरोना संक्रमणको जोखिम बढ्दै गउपछि सरकारले मुख्य शहरी क्षेत्रको विद्यालय बन्‍द गर्ने भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले विद्यालय बन्‍द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ को सिफारिस अनुसार सरकारले मुख्य शहरी क्षेत्रको विद्यालय मात्रै बन्द गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।

Leave A Reply

Your email address will not be published.