हिउँदे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

0

काठमाडौं :  सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

बालुवाटारमा सोमबार बिहान बसको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हाे ।

सरकारले साेमबार दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरिएको बताइएकाे छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

गएकाे पुस ५ गते विघटित प्रतिनिधिसभालाई फागुन ११ गते सर्वाेच्च अदालतले पुन:स्थापित गरेकाे थियाे । सर्वाेच्चकाे आदेश वमाेजिम फागुन २३ गते संसद अधिवेशन शुरु भएकाे थियाे ।

Leave A Reply

Your email address will not be published.