पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

0

काठमाडौं : आज र भोलि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।

देश भरिका बालबालिकालाई औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जन्मिएको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको हो । कोरोना महामारी फैलिएकोले औषधि खुवाउन जाँदा र खुवाउँदा सावधानि अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.