माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

0

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज विहान ११ बजेका लागि तय भएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिने वा केही समय पर्खनबारे टुंगो लगाउने भएको छ ।

माओवादी केन्द्रले कर्णालीमा एमालेबाट फ्लोर क्रसपछि उत्पन्न नयाँ परिस्थितिबारे पनि समिक्षा गर्न बैठक डाकेको बुझिएको छ । बैठकमा अध्यक्ष प्रचण्डले अबको रणनीतिबारे समेत छलफल गर्ने भएका छन् ।

माओवादी भित्र तत्काल सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने टुंगो लागेपछि मात्र सरकारलाई दिइआएको समर्थत फिर्ता लिने या अहिले नै समर्थन फिर्ता लिई ओलीलाई विश्वासको मत लिन लगाउनेबारे अन्यौल कायमै छ ।

Leave A Reply

Your email address will not be published.