गृहमन्त्री थापाले लिए शपथ

0

काठमाडौं : पुनर्नियुक्ति पाएका गृहमन्त्री रामबहादुर थापाले शपथ लिएका छन् । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछि मन्त्री पद गुमाएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्ति गरेकी हुन् ।

थापाले आइतबार साँझ राष्ट्रपति भण्डारीसमक्ष सपथ लिए । थापा संसद सदस्य नरहेको हुनाले संविधानको धारा ७८ अनुसार मन्त्री नियुक्ति भएका हुन् । थापा अब ६ महिनासम्म मन्त्री रहन सक्नेछन् ।

थापा राष्ट्रियसभा निर्वाचित भएको दल नेकपा माओवादी केन्द्रले उनलाई निश्कासन गरेको पत्र राष्ट्रियसभामा पठाएको थियो । आइतबार संघीय संसद सचिवालयले थापालाई कारबाही गरेको पत्र राष्ट्रिय सभामा प्राप्त भएको सूचना जारी गरेपछि उनी पदमुक्त भएका थिए ।

Leave A Reply

Your email address will not be published.