नेपालमा एकैदिन थपिए १ हजार बढी संक्रमित

0

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको बढेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

५ हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा, एक हजार १५ जना र ६९९ को एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ४३५ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ । हाल ६ हजार २९० कोरोनाका सक्रिय संक्रमित छन् ।

यस्तै ८५ जना क्वारेन्टाइनमा र ६ हजार २९० जना आइसोलेसनमा छन् । ११६ जना आइसीयूमा र ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.