राष्ट्रपतिद्वारा थापालाई गृहमन्त्रीमा पुनः नियुक्त

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीकाे सिफारिसमा नेकपा एमालेका नेता रामबहादुर थापालाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोकेकी छन् ।

राष्ट्रपति भण्डारीले आइतबार थापालाई गृह मन्त्रालयको कार्यभार तोकेकी हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको सिफारिसमा थापालाई नियुक्ति गरिएको हो ।

ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम थापालाई कार्यभार तोकिएको विज्ञप्तिमा जनाइएका छ ।

यसअघि ओली नेतृत्वको मन्त्रिपरिषदमा गृह मन्त्रालयको नेतृत्व गरिरहेका थापाको आइतबार राष्ट्रियसभा सदस्य पद गुमेको थियो । राष्ट्रियसभा सदस्य पद गुमेसँगै उनी मन्त्री पदबाट स्वतः पदमुक्त भएका थिए । थापाले आइतबार नै गृहमन्त्रीको रुपमा शपथ लिँदैछन् ।

Leave A Reply

Your email address will not be published.