बिस्केट जात्रा : कुमाले टोलमा हात नभएको लिङ्गो ढालियो

0

भक्तपुर : भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम दिन आइतबार स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढालिएको छ ।

प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी कुमाले टोलमा उभ्याइएको लिङ्गो विधिपूर्वक रूपमा पूजाअर्चना गरेर ढाल्ने प्रचलन रहेको छ ।

बिस्केटामा उठाइने लिङ्गो हेर्नाले शत्रु नाशहुने र बैभव प्राप्त हुने जनविश्वास रहेको मान्यता रहेको छ । बिस्केट जात्रा भित्रको महत्वपूर्ण जात्रा लिङ्गो उठाउने जात्रा भएकाले विधिपूर्वक पूजापाठ गरी लिङ्गो ढालिएको जनाइएको छ ।

त्यस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको बिस्केट जात्रा अपराह्न भैरवनाथ र भद्रकालीकै रथ तानेर विधिपूर्वक रूपमा सम्पन्न गरिने परम्परा रहेको छ ।

Leave A Reply

Your email address will not be published.