प्रचण्ड र नेपालबीच भेटवार्ता

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

कर्णाली प्रदेशमा माधव नेपाल पक्षको सहयोगमा माओवादी सरकार जोगिएको भोलिपल्ट दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

गण्डकी प्रदेशमा पनि एमालेका मुख्यमन्त्रीविरुद्ध पनि कांग्रेस माओवादीले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । नेपाल आज विहान झापाबाट फर्किए लगत्तै कोटेश्वरस्थित चन्द्रलाल श्रेष्ठको घरमा दुई नेताबीच छलफल भएको हो ।

छलफलमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीले आज बोलाएको सर्वदलीय बैठक भने बहिस्कार गरेका छन् ।

Leave A Reply

Your email address will not be published.