राउल क्यास्ट्रोद्वारा क्युबन कम्युनिष्ट पार्टीको नेताबाट राजीनामाको घोषणा

0

एजेन्सी : क्युबन कम्युनिष्ट पार्टीको नेताबाट राउल क्यास्ट्रोले राजीनामाको घोषणा गरेका छन् । ८९ वर्षका क्यास्ट्रोले पार्टीको कंग्रेसमा आफूले नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन् ।

आफूले पूरै लगन र साम्राज्यवादी भावना विपरित रहेर नेतृत्व हस्तान्तरणको निर्णय लिएको राउल क्यास्ट्रोले बताएका छन् । योसँगै क्यास्ट्रो परिवारको विगत ६ दशक देखिको सत्ता नेतृत्व अन्त्य हुने भएको छ ।

उनको ठाउँ लिने व्यक्ति पार्टीको चार दिने कंग्रेसको अन्तिम दिन मतदानबाट चयन हुने छन् । योसँगै उनका दाइ फिडेल क्यास्ट्रो र उनको औपचारिक नेतृत्वको लहर अन्त्य हुने अपेक्षा छ ।

सन् १९५९ को क्रान्तिपछि क्युवामा क्यास्ट्रो परिवार सत्तामा रहँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.