प्रधानमन्त्रीले पोखे सभामुखको भूमिकाप्रति आक्रोश

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखविरुद्ध आक्रोश पोखेका छन् ।

बालुवाटारमा बसेको सर्वदलीय बैठकमा बोल्दै प्रधानमन्त्री ओलिले सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई असहयोग गरेको भन्दै उनको भूमिकालाई लिएर आलोचना गरेका हुन् ।

सभामुखले काम गर्न नदिएको भन्दै वर्तमान संसदले राजनीतिक निकास नदिने प्रधानमन्त्री ओलीले बताएको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्री ओलीले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग कोभिड–१९ को समस्या समाधान गर्न सुझाव मागेको नेता लोहनीले बताए ।

नेता लोहनीले आफ्नो पार्टीको तर्फबाट बैठकमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि पाँच–सात बुँदा पेश गरेको जानकारी दिए । 

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्ठ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी भए । बैठकमा नेकपा (माओवादी केन्द्र) का कोही पनि नेता सहभागी भएनन् ।

Leave A Reply

Your email address will not be published.