एमालेका चार सांसदले गरे फ्लोर क्रस, जोगियो मुख्यमन्त्री शाहीको पद

0

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । नेकपा एमालेका ४ प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो ।

विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ प्रदेशसभा सदस्यले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।

मुख्यमन्त्री शाहीले राखेको विश्वासको प्रस्तावको पक्षमा २२ मत परेको छ । जसमा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरे ।

मुख्यमन्त्री शाहीको प्रस्तावको विपक्षमा भने १५ मत परेको छ । मतदानमा प्रदेशसभाका ३९ सांसदमध्ये ३७ प्रदेशसभा सदस्यले भाग लिएका थिए ।

फ्लोर क्रस गर्ने एमालेका प्रदेशसभा सदस्यहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा छन् । फ्लोर क्रस गर्ने सांसद ज्वाला र नन्दसिंह बुढा यसअघि शाही नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री थिए ।

Leave A Reply

Your email address will not be published.