सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वयको नाम सुनुवाइ समितिबाट अनुमोदन

0

काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको नाम अनुमोदन गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो । समितिले प्रस्तावित न्यायधिशको योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि योग्य देखिएकाले सर्वसम्मतिले अनुमोदन गरेको निर्णय गरेका सभापति कर्णले बताए ।

त्यसअघि संसदीय सुनुवाइका क्रममा न्यायाधीशमा सिफारिस कुमार चुडालले न्याय क्षेत्रमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए । उनले कानून व्यवसायीको शुल्कले नेपालको न्यायप्रणाली महङ्गो भएको भन्दै यसलाई पनि अब छलफलमा लैजानुपर्ने धारणा राखे ।

त्यस्तै नहकुल सुवेदीले आफूले सर्वोच्चको न्यायाधीशको रुपमा आफूले संवैधानिक दायित्व पुरा गर्ने र  संसदलाई अदालतले क्रस नगर्ने बताए । उनले आफू संविधानको पालना गर्न गराउन र न्यायिक व्यवस्था सुधारमा प्रतिबद्ध रहने समेत बताए । इजलासमा न्यायाधीशको संख्या बढाउँदा विश्वास बढ्ने उनको भनाइ छ । त्यस्तै उनले  जिल्ला र उच्च अदालतमा समस्या नभएपनि सर्वोच्चमा भने मुद्दा फर्स्यौटमा समस्या रहेको धारणा राखे ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि प्रस्तावित न्यायाधीश चुडाल र सुवेदीलाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.